हात्ती को लागि जाली रोकिएन आतंक

समाचार

कृष्ण चापागाई
२६ भदौ २०७५ ,बर्दिया
बार्बर्दिया नगरपालिका ९ खैरेनी मा हिजो राति बर्दिया राष्ट्रिय निकुञ्ज बाट आयको हात्ती को बथान ले अन्नबाली लगायत विभिन्न सम्पदा मा आसर पुर्याएको छ ।
हुन त् यो कुनै नौलो घटना होइन बर्सेनि यहाको बसिन्धा हरु प्राय गरि साउन र भदौ महिना मा वर्ष भरि खान लगायको अन्नबाली कतिखेर हात्ती आयर खत्तम पार्ने हो भनेर रात भर जाग्राम नै बस्ने गर्दछन ।
गाउको चारै तिर घना जंगल त्यो पनि राष्ट्रिय निकुञ्ज संगै जोडिएको हुनाले हाती ले मात्र नभई विभिन्न हिंसाग्र जंगली जनावर ले यस गाउ माआतंक मचाईनै रहन्छन।

विभिन्न निकायको सहयाग मा बन्यजन्तु बाट हुने हानि नोकसानी कम गर्ने हेतु ले गाउ वोरिपरी लगाइयको जालितार मा पनि हाती ले ठुलो असर पुर्याएको छ ।
यो समस्या खैरेनी मा मात्र नभयर छिमेकि गाउ ठुमानी र धकैला मा पनि रहेको छ |

बर्सेनि हुने यस किसिम को क्षेती बाट उन्मुक्ति पाउने कुनै ठोस कदम सम्बन्धित निकायले चालोस भन्ने चाहना ब्यक्त गर्नु हुन्छ एक स्थानीय बासिन्धा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *