पर्साबाट ६० किलो गाजा र १५ किलो चरेससहित दुई जना पक्राउ

समाचार

२६ असोज, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले झण्डै ६० किलो गाजा र १५ किलो चरेश सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरका मनहरी गाउँपालिका ४ डिल्लीपुर बस्ने ५२ बर्षका वीरबहादुर मोक्तान र पलाँसे गाउँपालिका ३ सरिखेतका ४४ बर्षका सूर्यबहादुर स्याङ्तानलाई गाजासहित नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरबाट खटिएको टोलीले पटेर्वासुगौली गाउँपालिका १ सोनवर्षाबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अन्दाजी ६० किलो गाजाजस्तै देखिने धुलो र १५ किलोभन्दा बढी चरेशजस्तै देखिने धुलो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

मकवानपुरबाट झोलामा गाँजा लिएर आउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याईएको प्रहरी निरीक्षक आशिष अधिकारीले बताए ।

गाजा र चरेश सहित मानिस नियन्त्रणमा लिइएको बारेमा दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराइने प्रहरीले जनाएको छ ।

Source : Onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *